सडक दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली जुडिबेला चोकमा सवा करोड दीप प्रज्वलन, गीता स्वाध्याय सत्सङ्ग सम्पन्न

रौतहट ३० पुस

राैतहट अरविन्द फाउन्डेसन रौतहटको आयोजनामा सडक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिहरूको आत्माको शान्तिको कामना गर्दै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जुडिबेला चोकमा विशेष धार्मिक तथा सामाजिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत श्रीमद्‌भगवद्‌गीता स्वाध्याय सत्सङ्गसहित सवा करोड दीप दान गरिएको थियो। दीप प्रज्वलनमार्फत दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै सुरक्षित सडक प्रयोगबारे नैतिक सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ । फाउन्डेसनका अध्यक्ष अरविन्द शास्त्रीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्रशासक गंगा कँडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले सडक दुर्घटना न्युनिकरणका लागि समाज, राज्य र प्रत्येक नागरिकको साझा उत्तरदायित्व रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर, महेन्द्र माध्यमिक विद्यालय रैयाटोलका प्रधानाध्यापक तथा फाउन्डेसनका उपाध्यक्ष कमला थापा, जिल्ला समन्वय समिति सदस्य कमला ढकाल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आध्यात्मिक शान्ति र सामाजिक सचेतनालाई जोड्दै आयोजना गरिएको उक्त कार्यक्रमले सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन ।

ताजा समाचार

Related Articles