रौतहट राजपुरमा मंगलबार निःशुल्क आँखा शिविर सम्पन्न

रौतहट २९ पुस
प्रादेशिक अस्पताल गौरका अध्यक्ष अवधेश यादव तथा गौर आँखा अस्पताल पुरेनवाको आयोजनामा राजपुर नगरपालिका–१ मा मंगलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । RUIT Foundation को आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल र प्रादेशिक अस्पताल गौरको संयुक्त आयोजनामा राजपुर नगरपालिका–१, पिपरा रौतहट स्थित श्री मौलिक प्राथमिक विद्यालयको प्रांगणमा उक्त शिविर सभ्य एवं भव्य रूपमा सम्पन्न भएको हो । शिविरमा मोतिबिन्दु लगायत विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामीहरूको निःशुल्क आँखा परीक्षण, परामर्श तथा आवश्यक सेवाहरू प्रदान गरिएको थियो । आँखाको उपचारमा पहुँच नपुगेका स्थानीय नागरिकहरूले शिविरबाट प्रत्यक्ष लाभ लिएका छन् । शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकका अनुसार यस प्रकारका स्वास्थ्य शिविरहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना बढाउन तथा सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

ताजा समाचार

Related Articles