राैतहट २९ पुस
रौतहट गरुडास्थित एनआइसी एसिया बैंक अगाडिको सडक खण्डमा साइकल र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना साइकल चालक गम्भीर घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटना अचानक भएको थियो । ठक्करपछि साइकल चालक सडकमा लडेका थिए र उनको अवस्था गम्भीर देखिएपछि मोटरसाइकल चालकले तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पुर्याएका छन् । घटनापछि उक्त क्षेत्रमा केहीबेर अफरातफरी मच्चिएको थियो। दुर्घटनाको कारण र घाइते तथा मोटरसाइकल चालकको पहिचानबारे थप विवरण आउन बाँकी रहेको छ। सम्बन्धित निकायले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

