राैतहट २४ पुस
रौतहटको चन्द्रनिगाहपुरस्थित मुख्य चोकमा आज इन्टरनेट सेवा प्रदायक कम्पनीका तारमा अचानक आगलागी भएको छ। बिजुलीको पोलमा जडान गरिएका इन्टरनेटका तारहरूमा एक्कासि आगो सल्किँदा केही समय सो क्षेत्र तनावग्रस्त बनेको थियो । आगलागीका कारण चोक आसपास धुवाँ फैलिनुका साथै आवतजावतमा समेत अवरोध सिर्जना भएको स्थानीयले बताएका छन्। आगो लाग्नुको कारण स्पष्ट नभए पनि तारहरू आपसमा जुध्नु वा अत्यधिक लोडका कारण सर्ट सर्किट भएको आशंका गरिएको छ। घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट मानवीय क्षति नभए पनि तारहरू जलेर नष्ट हुँदा इन्टरनेट सेवा अवरुद्ध भएको जनाइएको छ। सम्बन्धित निकायले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ भने भविष्यमा यस्ता जोखिम नदोहो¥याउन तार व्यवस्थापनमा ध्यान दिनुपर्ने माग स्थानीयले गरेका छन् ।

