चन्द्रनिगाहपुर सिटी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन

राैतहट २४ पुस
चन्द्रनिगाहपुर सिटी जेसीजको १३औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले चन्द्रनिगाहपुर सिटी जेसीज वर्ष–२०२६ का लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट जेसी हरिकृष्ण न्यौपाने (देवराज) अध्यक्ष पदमा निर्वाचित भएका छन्। युवामैत्री नेतृत्व, सामाजिक उत्तरदायित्व र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नयाँ कार्यसमितिले आगामी कार्यकालमा प्रभावकारी कार्यक्रम अघि बढाउने विश्वास लिइएको छ । नव-निर्वाचित कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा जेसी छविलाल गौतम तथा जेसी युवराज कार्की (दिपेन्द्र) चयन भएका छन्। उपाध्यक्ष पदमा जेसी दुर्गा प्रसाद हुमागाईं (सरोज), जेसी विकिज घिमिरे, जेसी राजकुमार तिमल्सिना र जेसी रिजन अधिकारी रहेका छन्  । नयाँ नेतृत्वप्रति जेसी समुदाय तथा विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। संस्थालाई थप सक्रिय, उत्तरदायी र समाजोपयोगी बनाउने अपेक्षा समेत व्यक्त गरिएको छ ।

ताजा समाचार

Related Articles