राैतहट ईभी ठक्करपछि ज्यान गुमाएका युवकको न्याय माग्दै हुलाकी राजमार्ग अवरुद्ध

राैतहट २२ पुस
रौतहटको गौर–वीरगञ्ज हुलाकी राजमार्ग अन्तर्गत बौधिमाई नगरपालिका वडा नम्बर–२ कोपवामा स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् । सोमबार सोही स्थानमा ईभी सवारीको ठक्करबाट मोटरसाइकल चालक दिपेन्द्र रजक बैठाको घटनास्थलमै मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका हुन् । घटनापछि दोषी सवारी चालकलाई तत्काल कडा कारबाही गर्नुपर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानीयले राजमार्गमै धर्ना तथा विरोध प्रदर्शन गरेका छन् । आन्दोलनका कारण सो सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । स्थानीयका अनुसार माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिइएको छ। मृतक बैठाको शव हाल गौरमा राखिएको छ भने पीडित परिवार र स्थानीय न्यायको प्रतीक्षामा छन् । घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ र स्थिति नियन्त्रणमा राख्ने प्रयास भइरहेको जनाइएको छ । तर पीडित पक्षका मागप्रति सम्बन्धित निकायले चाँडो ध्यान नदिए स्थिति अझ तनावग्रस्त हुन सक्ने स्थानीयको भनाइ छ ।

ताजा समाचार

Related Articles