रौतहटमा सवारी चेकजाँच तीव्र : ४ जिप–बोलेरो र १२ मोटरसाइकल नियन्त्रणमा

रौतहट २१ रौतहट
रौतहटमा सवारी चेकजाच गर्दा ४ ओटा जिप , कार र बोलेरो १२ ओटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त चेकिङ टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्दा शंकास्पद अवस्थामा रहेका सवारी साधनहरू नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मिति २०८२/०९/२० गते सञ्चालन गरिएको नियमित तथा विशेष चेकजाँचका क्रममा कागजात अपूर्ण, शंकास्पद गतिविधि तथा अन्य कारणले ४ वटा जिप/बोलेरो र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी अनुसन्धान प्रक्रिया जारी रहेको र कानुनी दायराभित्र रहेर आवश्यक कदम चालिने प्रहरीले स्पष्ट पारेको छ । जिल्लामा शान्ति–सुरक्षा कायम राख्न, अवैध गतिविधि नियन्त्रण गर्न तथा सवारी साधनको कागजात प्रमाणीकरण सुनिश्चित गर्न यस्ता चेकजाँच अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles