गौर–१ मा बाम्बु होटलमा भीषण आगलागी, होटल पूर्ण रूपमा नष्ट

राैतहट २१ पुस
रौतहट जिल्लाको गौर नगरपालिका–१ मा सञ्चालनमा रहेको बाम्बु होटलमा भीषण आगलागी हुँदा होटल पूर्ण रूपमा जलेर नष्ट भएको छ। आज भएको उक्त आगलागीले होटल संरचना, भित्री सामग्री तथा उपकरणहरू सबै खरानी बनाएको स्थानीयले बताएका छन् । आगलागीको खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गौर नगरपालिकाको वारुण यन्त्र घटनास्थलमा पुगेर संयुक्त रूपमा आगो नियन्त्रणमा लिएका हुन्। समयमै गरिएको प्रयासका कारण आगो आसपासका अन्य घर तथा व्यवसायिक संरचनामा फैलिन नपाएको प्रहरीको भनाइ छ। आगो कसरी लाग्यो भन्ने विषयमा हालसम्म यकिन कारण खुल्न सकेको छैन भने क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार ठूलो मात्रामा आर्थिक क्षति भएको छ। सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको जनाइएको छ।

ताजा समाचार

Related Articles