राैतहट पुस्तक ब्यावसायीकाे निर्वाचनमा मिश्रा १ भोटको अन्तरले ऐतिहासिक जित

रौतहट १३ पुस
नेपाल पुस्तक व्यवसायी महासंघ, रौतहट जिल्लाको अध्यक्ष पदमा मत्सरी–३ निवासी श्री दीपेन्द्र कुमार मीश्रा (मनिस) एक भोटको झिनो अन्तरले विजयी हुनु भएको छ। राैतहटकाे गरुडा नगरपालिकाकाे वडा नम्बर ५ मा रहेकाे हाेटल ए एन प्म्लाजामा  भएकाे ११ औ अधिबेशनमा मिश्रा १ भाेटकाे अग्रताले बिजयी हुनु भएकाे हाे । अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा अन्तिम मतगणनासम्म परिणाम अनिश्चित रहँदा, एक भोटले निर्णय भएको यो नतिजालाई ऐतिहासिक रूपमा हेरिएको छ। पुस्तक व्यवसायीहरूको उल्लेख्य सहभागिताबीच सम्पन्न निर्वाचनले लोकतान्त्रिक अभ्यासको जीवन्त उदाहरण प्रस्तुत गरेको छ। मतदाताहरूको विश्वास र समर्थनले विजयी बनेका नवनिर्वाचित अध्यक्ष मीश्रा लामो समयदेखि पुस्तक व्यवसाय र संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आउनु भएको छ।
विजयपछि प्रतिक्रिया दिंदै अध्यक्ष मीश्राले पुस्तक व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको आधुनिकीकरण तथा जिल्लाभरका व्यवसायीहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। साथै उहाँले आफूलाई मत दिने र नदिने सबैप्रति समान भावनाका साथ काम गर्ने बताउनु भयो। एक भोटले तय भएको यो परिणामले निर्वाचनमा प्रत्येक मतको महत्व कति ठूलो हुन्छ भन्ने सन्देश दिएको छ भने, महासंघको आगामी यात्राप्रति व्यवसायीहरूमा नयाँ आशा र उत्साह थपेको छ।

ताजा समाचार

Related Articles