टेकान बसपार्क आन्दोलन स्थगित, पुस २१ मा निर्णय नआए पुनः संघर्ष

रौतहट ९ पुस
राैतहटकाे चन्द्रपुर नगरपालिका वडा नं. ४ टेकानस्थित टेकान बसपार्क तत्काल सञ्चालनको माग गर्दै आन्दोलनमा उत्रिने तयारीमा रहेको युथ अफ टेकानले हाललाई आफ्नो आन्दोलन कार्यक्रम केही दिनका लागि स्थगित गरेको छ। बसपार्क सञ्चालनका विषयमा सम्बन्धित निकायहरूसँग भएको छलफल तथा परामर्शपछि चन्द्रपुर नगरपालिकाले आउँदो पुस २१ गते बस्ने कार्यपालिका बैठकमा सो माग सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगन गर्ने निर्णय लिइएको हो।
युथ अफ टेकानका प्रतिनिधि पुष्कर गुरुङका अनुसार, नगरपालिकाले तोकिएको समयमा बसपार्क सञ्चालनको ठोस निर्णय नगरेमा पुस २५ गतेदेखि पुनः आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।


स्थानीयवासीको आवागमन सहज बनाउने र सार्वजनिक यातायात व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको बसपार्क लामो समयदेखि सञ्चालनमा नआउँदा नागरिकहरू समस्यामा परेका छन्। अबको केही दिनमा नगरपालिकाको निर्णयले टेकान क्षेत्रको यातायात व्यवस्थापनले नयाँ दिशा लिने अपेक्षा गरिएको छ।

ताजा समाचार

Related Articles