टेकान बसपार्क सञ्चालन ढिलाइप्रति स्थानियको आक्रोश, लिखित प्रतिबद्धता माग्दै शान्तिपूर्ण आन्दोलनको घोषणा

रौतहट ९ पुस
रौतहटको चन्द्रपुर नगरपालिकाकाको वडा नम्बर ४ टेकान बसपार्क निर्माण सम्पन्न भएको लामो समय भएपनि सञ्चालनमा आउन नसक्दा स्थानियले आन्दोलन गर्ने भएका छन । स्थानियले बसपार्क सञ्चादनमा ढिलाई भएको भन्द्रै आन्दोलनको घोषणा गरेको स्थानिय पुस्कर गुरुङले तराई पोष्टलाई बताएका छन । चन्द्रपुरका नगर प्रमुख संजय काफ्‌ले र जनप्रतिनिधिहरूको बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्दै स्थानीयले बसपार्क सञ्चालन ढिलाइको विरोधमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन । नगरमा आवश्यक पूर्वाधारका रूपमा रहेको बसपार्क लामो समयदेखि सञ्चालनमा नआउँदा सर्वसाधारणले सास्ती भोग्नु परेको भन्दै युवाहरुले असन्तोष जनाएको हो । उनीहरुका अनुसार, बसपार्क क्षेत्र सफाइ समेत स्थानीय युवाहरूले नै गर्नुपरेको अवस्थाले स्थानीय सरकारको गैरजिम्मेवारीपन प्रस्ट देखाएको छ । “नगर प्रमुख र जनप्रतिनिधि हुँदाहुँदै पनि नागरिकले आफैं बसपार्क सफा गर्नुपर्नु दुःखद भएको स्थानिय सोम गुरुङको भनाई रहेकोछ । अब मौखिक आश्वासनले काम चल्दैन,” भन्दै बसपार्क कहिलेदेखि सञ्चालन हुन्छ भन्ने विषयमा लिखित प्रतिबद्धता माग गरिएको उहाले जानकारी दिनु भयो । स्थानिय युवाहरुले पुस ११ गते विहिाबर नगर क्षेत्रमा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गर्दै, उक्त आन्दोलन जनदबाब सिर्जना गर्नका लागि मात्र भएको स्पष्ट पारेको छ । समस्यालाई औपचारिक रूपमा उठाउन बाध्य भएको उनीहरूको भनाइ रहेको छ । युवाहरुले नगरपालिकासँग शीघ्र बसपार्क सञ्चालनको स्पष्ट मिति सार्वजनिक गर्न माग गरेको छ । यस विषयमा नगरपालिकाको आधिकारिक धारणा आउन बाँकी छ ।

ताजा समाचार

Related Articles