रौतहट ४ पुस
रौतहटमा गएराती एक घरमा चोरी भइकोे छ । रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर ४ पल्टुवास्थित विहिबार राती जमिनमा खाल्टो बनाई घरभित्र प्रवेश गरि चोरी गरेको स्थानिय बैजु यादवले तराई पोष्टलाई जानकारी दिनु भयो । पल्टुवाका जादोलाल साहको घरमा खाल्टोबाट प्वाल बनाई घरभित्र बसेर घरमा रहेको लताकपडा , मकोवाइल सहित नगद रकमसमेत चोरी गरेको पिडित साहले बताउनु भयो । आज बिहान उठ्दा घर बाहिर खाल्टो देखेपछि हेर्दा सोही खाल्टोबाट प्वाल बनाई घरभित्र पसेको र चोरहरुले चोरी गरेको साहको भनाई रहेको छ ।

