रौतहट धमाधम उम्मेदवारको नाम सिफारिस गर्दै जसपा

रौतहट,२ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले रौतहट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस प्रक्रिया तिम्रो पारेको छ। जिल्लाका जिल्लाका चारवटा निर्वाचन क्षेत्रमध्ये तीन वटा निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारको नाम  सिफारिस गरेको पार्टीले जनाएको हो ।
जसपाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट पूर्व राज्यमन्त्री योगेन्द्र राय यादवलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । त्यस्तै निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व सांसद गोविन्द चौधरी र निर्वाचन क्षेत्र नं. ४ बाट युवा पुस्ताको प्रतिनिधित्व गर्दै राजकुमार दासलाई प्रत्यक्षतर्फ अघि सारिएको जसमा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रञ्जन यादवले जानकारी दिएका छ्न  ।
उम्मेदवार छनोट गर्दा जनताको सुझाव, स्थानीय आवश्यकता र संगठनात्मक सन्तुलनलाई विशेष प्राथमिकता दिइएको उनले बताए  । अनुभवी नेतृत्वसँगै युवाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको यादवले बताएका छ्न  ।
स्थानीय नेता तथा कार्यकर्ताहरूले एकल नाम सिफारिसको निर्णयले पार्टीभित्रको एकता थप बलियो बनाएको उनको भनाइ रहेको छ ।
जसपा नेपालले रौतहटको समग्र विकासलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रमसहित जनतामाझ पुग्ने तयारी भइरहेको पार्टीले जनाएको छ ।
जिल्ला अध्यक्ष यादवले सिफारिस भएका सबै उम्मेदवारहरूलाई  व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र जनताको आवाजलाई संसदसम्म प्रभावकारी रूपमा पुर्‍याउने विश्वास व्यक्त गरेको  छ । अध्यक्ष यादवले क्षेत्र नम्बर २ मा पनि छलफल भइरहेको र चाँडै उम्मेदवारको नाम सिफारिस हुने बताए ।

ताजा समाचार

Related Articles