आज – २२ कार्तिक २०८२ शनिवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्ष बलियो बन्नेछ । धन सञ्चय गर्न सकिनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । मिठो बोलीले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आलस्यले गर्दा काममा ढिला हुनेछ । धार्मिक र आध्यात्मिक चिन्तनले मन शान्त हुनेछ । लामो दूरीको यात्रा लाभदायी रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) युवा वर्गहरुलाई करियरमा सफलता मिल्नेछ । कार्यक्षेत्रमा बनाएका योजनाहरू सफल रहनेछन् । अधिकारीहरूबाट सहयोग र प्रशंसा पाइनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । खानपानमा संयमता अपनाउनुहोला । व्यापार व्यवसायमा जोखिमपूर्ण लगानीबाट टाढा रहनुहोस् । आध्यात्मिक चिन्तनले मन शान्त रहनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । मेहनत अनुसार सफलता मिल्नेछ । पुरानो रोगबाट मुक्ति मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आलस्य छोडेर काममा जुट्नुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जग्गा जमिनमाको काममा सफलता मिल्नेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । परिवारमा आफन्तहरूको भावना बुझ्ने प्रयास गर्नुहोस् । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मविश्वासमा वृद्धि हुनेछ। मानसिक वा शारीरिक रुपमा बलियो महसुस गर्नुहुनेछ । व्यापार व्यवसायमा नयाँ लगानीबाट लाभ मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आयआर्जनका नयाँ स्रोतहरू खुल्नेछन् । आर्थिक पक्ष सुदृढ रहनेछ । सामाजिक कार्यमा संलग्न हुँदा मानसम्मान बढ्नेछ । रोकिएका काम बन्नेछन् । आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूको अध्ययन अध्यापनमा रुचि बढ्नेछ । सकारात्मक ऊर्जा प्रवाह हुनेछ र मनसिक शान्ति मिल्नेछ । संतान पक्षबाट शुभ सूचना सुन्न पाइएला । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । नयाँ व्यावसायिक सम्झौता भविष्यको लागि लाभ लिएर आउनेछ । जीवनसाथीको सल्लाहले महत्वपूर्ण निर्णयहरूमा सफलता मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्यार्थीहरूको लागि अनुकूल समय रहेको छ । कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । अप्रिय वाणिले सम्बन्धमा अविश्वासको भावना जागृत होला । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) संचारको माध्यमबाट लाभ मिल्नेछ । आत्मबल उच्च रहनेछ । मनको डर समाप्त हुनेछ । विवादास्पद् मामलाहरूबाट टाढा रहनुहोस् । आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ ।
ने शुभ अंक ३ रहेको छ ।

ताजा समाचार

Related Articles