रौतहट १६ कार्तिक
रौतहटको कटहरियामा सडक हिलाम्मे भएपछि आवतजावतमा समस्या परेकोछ । रौतहटको कटहरिया नगरपालिकाको सन्तपुर दोस्तिया सडकखण्डमा लालबकैया नदी पश्चिम कजवेमा मुख्या सडकमा नै निरन्तर बर्षाको पानी जमेपछि सो बाटोबाट आवतजावत गर्न कठिन परिस्थिति सिर्जना भएको स्थानियले तराई पोष्टलाई जानकारी दिएका छन । सो सडकबाट चार पाङ्ग्रे सवारी आवतजावतमा सहज भएतापनि मोटरसाइकल , साइकल , पैदल यात्रीहरुलाई भने यात्रा गर्न कठिन भएको उनीहरुले बताएका छन । सो सडकमा खाल्टाखुल्टी भएकाले पानी पर्नासाथ पानी जम्ने र आवतजावतमा समस्या हुने गरेको स्थानिय सञ्चारकर्मीले बताएका छन । सो सडक मर्मत र सुधारका लागी नगर प्रमुख अजय प्रकाश जयसवाललाई जानकार हुदा समेत बेवास्ता गरेको स्थानियको गुनासो रहेको छ । तत्काल सो सडक मर्मत गर्नु पर्ने स्थानियको माग गरेका छन ।

