इन्जिनियर प्रमोद यादवले आफ्नो निजी लगानीमा भव्य ब्रह्मबाबा मन्दिर निर्माण गर्ने

रौतहट । धार्मिक आस्था र सांस्कृतिक धरोहर संरक्षणको उद्देश्यसहित रौतहटको मौलापुर नगरपालिका–६ निवासी समाजसेवी तथा इन्जिनियर प्रमोद कुमार यादवले आफ्नै व्यक्तिगत लगानीमा ब्रह्मबाबा मन्दिर निर्माण गर्ने घोषणा गरेका छन्। इन्जिनियर यादवले यो मन्दिर आफ्नो स्व. हजुरबुबा अनुपलाल यादवको पवित्र स्मृतिमा निर्माण गर्न लागेका हुन्। उनका अनुसार, पुरानो मन्दिर अत्यन्तै जीर्ण अवस्थामा रहेकाले नयाँ मन्दिरलाई आधुनिक ढाँचामा पुनर्निर्माण गर्न लागिएको हो। करिब ३० लाख रुपैयाँको लागतमा बन्ने यो मन्दिर आधुनिक संरचना, आकर्षक मूर्तिहरू र धार्मिक सौन्दर्यले सजिनेछ। स्थानीय बासिन्दा र धार्मिक समुदायले ई. यादवको यो कदमलाई “धार्मिक पुनर्जागरणको उदाहरण”का रूपमा स्वागत गरेका छन्। मन्दिर निर्माण गर्न मौलापुर–६ का वडा अध्यक्ष ईश्वर दयाल यादव, साथै धर्मेन्द्र यादव, मदन यादव, रामप्रसाद यादव, सरयुग यादव, पनिलाल यादव लगायतका प्रतिष्ठित स्थानीय व्यक्तित्वहरूको महत्वपूर्ण पहल रहेको छ। ई. प्रमोद यादव, जो चण्डी देवी निर्माण सेवाका सञ्चालक पनि हुन् र सामाजिक कार्यमा निरन्तर सक्रिय छन्। उनी धार्मिक, सामाजिक र विकासका कार्यमा अग्रसर अभियन्ताका रूपमा चिनिन्छन्। स्थानीय नागरिकहरूले विश्वास व्यक्त गरेका छन् कि ई. यादवको पहलमा बन्ने यो मन्दिरले न केवल धार्मिक भावना बलियो बनाउनेछ, मौलापुरको पहिचानलाई पनि नयाँ उचाइमा पुर्याउनेछ।

ताजा समाचार

Related Articles