गौर अस्पतालका नवनियुक्त अध्यक्ष सहित २ सदस्यद्धारा पदभार ग्रहण

रौतहट २३ असोज
रौतहटको प्रादेशिक अस्पताल गौरको ब्यवस्थापन तथा संचालक समितिका पदाधिकारीहरुले पदभार ग्रहण कार्यक्रम विहिबार सम्पन्न भएको छ । सो अस्पतथालमा रिक्त रहेका पदहरुमा सम्बन्धि मन्त्रालयले अध्यक्षमा अवधेश यादव र सदस्यहरुमा ओमप्रकाश साह मधेशीया र जमुना साहलाई नियुक्त गरेको छ । नियुक्ती पाएसँगै विहिबार तिनै जना अस्पतालले पदभार ग्रहण गरेका हुन । कार्यक्रममा अस्पतालका कर्मचारीहरुले खादा र माला लगाइ तिनै जनालाई स्वागत गरेका थिए । कार्यक्रममा समितिका अध्यक्ष यादवले पहिले देखि नै उत्कृष्ट स्थानमा रहेको गौर अस्पताललाई झनै उत्कृष्ट बनाउने लक्ष्य सहित आफुहरु आएकोले सबैबाट सहयोग र सकारात्मक सुझावको अपेक्षा राखिएको बताउनु भएको छ ।

ताजा समाचार

Related Articles