आज – १७ आश्विन २०८२ शुक्रवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सम्बन्धमा सुमधुरता बढ्नेछ । अधिकारीहरूको सहयोगले कार्य समयमा पूरा हुनेछ । कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ । नयाँ लगानी लगाउनु भन्दा अघि विषयको बारेमा पूरा जानकारी राख्नुहोला । आर्थिक स्थिति सामान्य रहनेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक पक्षमा जोखिम लिनु नोक्सानदाई रहन सक्छ । विद्यार्थीहरूको साथीभाईहरूसँग रमाइलो समय व्यतीत हुनेछ । रोजगारीको क्षेत्रमा नयाँ बाटो खुल्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बचतले आर्थिक पक्षमा सफलता मिल्नेछ । परिवारमा जग्गा जमिनलाई लिएर विवाद थियो भने सुल्झिनेछ । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मित्र र घरपरिवारबाट सहायता मिल्नेछ । गुप्त शत्रुहरूले समस्यामा पार्न सक्छन् । परीक्षाको तैयारीमा बाधा आउनेछ । संचित धनमा वृद्धी हुनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा सम्झौता गर्नुपर्ला। घरको सजावटमा धन खर्च हुनेछ । स्वास्थ्यलाई लिएर सावधान गर्नुहोला। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ । नोकरी वा पेशामा प्रभाव बढ्नेछ । धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भइएला । युवाहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगनशीलताले लक्ष्य पूरा गर्न सकिनेछ । पारिवारिक व्यस्तताले कार्यसमयमा सम्पादन नहोला । प्रेम सम्बन्ध सुमधुर रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ । व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) निजी सम्बन्धमा आत्मीयता बढ्नेछ । अरुको वादविवादमा आफू अगाडि नबढ्नुहोला । स्वास्थ्यमा सुधार आउनेछ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । व्यवहार कुशलताले अरुको मन जित्न सकिनेछ । आत्मविश्वासमा वृध्दि हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चिताएका कार्य पूरा गर्न सकिनेछ । प्रतिक्षित नतिजा प्राप्त गर्न दोहोराएर कार्य गर्नुपर्ला । दिन लाभदायी एवं मनोरञ्जनपूर्ण रहनेछ । आफन्तको साथ मिल्नाले मनमा उत्साह जाग्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ ।

ताजा समाचार

Related Articles