रौतहट १३ असोज
गैडाटारमा सोमबारबाट ३ दिने ञ्युङ्नी मौन ब्रत तथा प्रवचन कार्यक्रम सञ्चालनमा आएको छ । विजयी दशमीमा लाखौ प्राणीहरुको हत्या हुने र ति हत्या गरिएका प्राणीहरुको आत्माको चिर शान्तिको कामनासहित बौद्ध धर्मलम्बीहरु प्रत्येक बर्ष विजयी दशमीको फुलपातीका दिनबाट विजयी दशमीको टिकाका दिनसम्म ३ दिने ञ्युङनी मौन ब्रत तथा प्रवचन कार्यक्रम गर्दै आएका छन । सोही कार्यक्रम अनुसार रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारस्थित तेन्पा दार्गेलिङ गुम्वाको आयोजनामा ३ दिने ञ्युङनी ब्रत कार्यक्रमको शुरुवात भएको छ । सोमबार साझ बजे गुम्बा परिसरमा ब्रतालुहरु जम्मा हुने र भोली विहानबाट ब्रतका कार्यक्रमहरु शुरु हुने आयोजकले तराई पोष्टलाई जानकारी दिनु भयो । ३ दिनसम्म चल्ने ब्रत तथा प्रवचन कार्यक्रम असोज १६ गते वाङ अभिशेक ग्रहणपछि समाप्त हुने तेन्पा दार्गेलिङ गुम्बाले जनाएको छ । हिन्दुहरुको महान पर्व वडा दशै विजयी दशमीमा हिन्दु समाज यति बेला विभिन्न जातका प्राणीहरुको काटमारमा नै ब्यस्त रहेका छन । तर बौद्ध धर्मालम्बीहरु भने हत्या भएका ति लाखौ प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै असोज १३ गते रातीबाट ३ दिने ञ्युङनी मौन ब्रत सहित पुजा पाठमा जुटेका छन ।

