खाता सञ्चालन नहुदा रौतहटका ४ पालिकाका कर्मचारीको दशै खल्लो

रौतहट १३ असोज
रौतहटका ४ पालिकाका कर्मचारी र लक्षित वर्गका वृद्ध, अपाङ , एकल महिला लगायतका लाभग्राहीहरुको तलव र सामाजिक सुरक्षा भता पाउन सकेको छैन । रौतहटका १८ स्थानिय तहहरु १६ नगरपालिका र २ पालिकामध्ये ४ पालिकाका लाभग्राहीहरुले वडा दशैमा पनि तलब तथा सामाजिक सुरक्षा भता पाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख देवी प्रसाद गौतमले तराई पोष्टलाई जानकारी दिनु भयो । रौतहटको फतुवा विजयपुर, बौधिमाई, गुजरा र देवाही–गोनाही नगरपालिकाले खाता सञ्चालन गर्न नसकेका कारण ती ४ वटा पालिकाका शिक्षक, कर्मचारी र सामाजिक सुरक्षा भत्ता पाउने वर्गलाई दसैँअघि रकम उपलब्ध हुन नसकेको गौतमले बताउनु भयो । रौतहटका बाँकी १४ पालिकाको खाता सञ्चालन भइसकेको कोलेनिकाले जनाएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख देवी प्रसाद गौतमका अनुसार नेपाल सरकारको नीति अनुसार असार १० गतेभित्र नगर सभा सम्पन्न गर्नुपर्ने भएपनि देवाही–गोनाही र बौधिमाई नगरपालिकामा अहिलेसम्म नगर सभा गर्न सकेको छैन । नगर सभा सम्पन्न गरेका फतुवा विजयपुर र गुजरा नगरपालिकाले पनि बन्द सत्र र अन्य आवश्यक प्रशासनिक प्रक्रिया समयमै पूरा नगरेका कारण खाता खोल्न ढिलाइ भएको जनाइएको छ । फतुवा विजयपुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले ढिला भएपनि नगर सभा र बन्दसत्र दुवै सम्पन्न भइसकेका बताइएको छ । तलब र भत्ता नपाउँदा दसैँका लागि नयाँ कपडा, मिठा परिकार र घरफर्केर पर्व मनाउने सपना अधुरो हुने अवस्था आएको कर्मचारीहरूले गुनासो गरेका छ ।

ताजा समाचार

Related Articles