रौतहटमा मेडिकलबाटै लागु औषध ब्यापार , सञ्चालक पक्राउ

रौतहट १० असोज
रौतहट प्रहरी एक मेडिकल सञ्चालकलाई लागु औषध कारोबार गरेको आरोपमा पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ७ नया बस्तिका बर्ष ५३ का लालबाबु कुमार साह दिपेन्द्र भनिने मेडिकल सञ्चालकलाई मेडिकल कै आडमा लागुऔषध कारोकार गरेको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको लागुऔषध नियन्त्रण ब्युरोका सई तुल प्रसाद पुडासैनीले तराई पोष्टलाई जानकारी दिनु भयो । विशेष सूचनाको आधारमा प्रहरीले मेडिकलमा छापा मार्दा साहले मेडिकल पसल मार्फत प्रतिबन्धित लागुऔषध ट्रामाडोल बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले साहको पसल र घर दुबै ठाउँमा अनुसन्धान गर्दा ठूलो मात्रामा लागुऔषध बरामद भएको जनाएको छ । खोज तलासको क्रममा प्रहरी टोलीले ना.३३ प ९५३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा साह कै साथबाट ट्रामाडोल ३०० पत्ता, ३,००० पिस बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले बताउनु भएको छ । बरामद मोटरसाइकल, लागुऔषध र साहलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानमा साहले मेडिकल व्यवसायको आडमा लामो समयदेखि ड्रग्स बिक्री गर्दै आएको आशंका गरिएको छ ।

ताजा समाचार

Related Articles