आज – १० आश्विन २०८२ शुक्रवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तानको करियरलाई लिएर रूपरेखा बन्नेछ । घरपरिवारबाट सहयोग मिल्नेछ । अड्केको धन प्राप्त हुनेछ। सुख सुविधामा धन खर्च हुनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्त्वपूर्ण निर्णय लिनुभन्दा अघि परिवारको सल्लाह लिनुहोस् । आर्थिक समस्याको समाधान मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कानुनी पक्ष सबल रहनेछ । नोकरी वा पेशामा गोपनीयताको ध्यान राख्नुहोस । दाम्पत्य जीवनमा पुराना कुरालाई लिएर मनमुटाव रहनेछ । सम्बन्धलाई महत्व दिनुहोस । आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ६ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वित्तीय वा सहकारी संस्थाबाट सोचेजस्तो साथ नमिल्ला । नयाँ नोकरीको लागि संघर्ष गर्नुपर्ला। विदेशतिरबाट शुभ सूचना मिल्नेछ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा नँया तक्नीकको उपयोग गरेर लाभ उठाउन सक्नुहुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। दिनचर्यामा बदलावले स्वास्थ्यमा गिरावट आउनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यमा धनखर्च हुनेछ । आफन्तहरूसँग रमाइलो यात्राको अनुभव हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । साझेदारी व्यापारमा लाभ रहनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजनाहरू बनाउन अनुभवी व्यक्तिहरूको सहयोग लिनुहोस् । जग्गा जमीनलाई लिएर विवाद बढ्ला सावधान रहनुहोस् । आर्थिक पक्ष कमजोर रहन सक्छ धैर्य राखेर कार्य गर्नुहोस् । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा विरोधीहरूले समस्या उत्पन्न गर्लान् सचेत रहनुहोस् । व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू कोरिनेछन् । आर्थिक पक्ष सबल रहनेछ । राजकीय मामलाहरू सुल्झिनेछन् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । व्यापारमा नयाँ लगानी लाभदायी रहनेछ । धार्मिक कार्यक्रमहरूमा सम्मिलित भइएला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययन र अध्यापनमा सोचेजस्तो सफलता हात लाग्नेछ। सहकर्मीहरूको सहयोगले कार्यस्थलमा आइरहेको समस्या सुल्झिनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जीवनसाथीको सहयोगले कार्यस्थलमा समस्याको समाधान हुनेछ । आलस्य गर्नदेखि बच्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उच्च अधिकारीहरूको दबावमा आएर लिएका निर्णयहरूले मन अप्रशन्न रहनेछ । कार्यस्थलमा अतिरिक्त जिम्मेवारी मिल्नेछ । अध्ययनमा एकाग्रताको कमी रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।

ताजा समाचार

Related Articles