राैतहट ८ असाेज
समृद्ध गैडाटार निर्माण अभियानमा नगर प्रमुख संजय कुमार काफ्लेले जेसिवि सहयाेग गर्नु भएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ३ गैडाटारका एक युवा समूह पछिल्लाे समय शून्य लागतमा श्रमदानबाट गाउ समृद्ध बनाउने अभियान सञ्चालन गर्दै आएकमे छ । साेही क्रममा बुधबार तेन्पा दार्गेलिङ गुम्बा क्षेत्रमा भएका खाल्टाहरु सम्याउन नगर प्रमुखले जेसिवि उपलब्ध गराउनु भएकाे थियाे । साे गुम्बाकाे आयाेजनामा आगामी असाेज १३ गतेदेखि १६ गतेसम्म ३ दिने युङ्नी व्रत कार्यक्रमकाे तयारीमा जुटेका युवाहरुकाे अनुराेधलाई सहर्ष स्विकार गरि नगर प्रमुख काफ्लेले बुधबार जेसिवि उपलब्ध गराउनु भएकमे हाे । यश अभियानमा नगर प्रमुखले जेसिवि उपलब्ध गराउनु भएकाेमा धन्यवाद समेत प्रकट गरेका छन । गैडाटारलाई समृद्धिकाे बाटाेमा नगर प्रमुखकाे अन्य सहयाेगकाे पनि अपेक्षा राखेका छन । गैडाटार मात्रै हाेइन समृग्र नगर विकासमा आफुले सकेकाे सहयाेग गर्न तयार रहेकाे नगर प्रमुख काफ्लेले बताउनु भएकाे छ ।

