राैतहट प्रहरीद्वारा ३३३ किलाे गाजा बरामत

राैतहट ५ असाेज
राैतहट प्रहरीले अबैध ३३३ किलाे गाजा बरामत गरेकाे छ । शनिबार साझ प्रहरी चाैकी रामपुरखाप राैतहटबाट प्रहरी सहायक निरिक्षक अमाेद साफीकाे कमाण्डमा खटेकाे प्रहरी गस्ति टाेलीले साे परिमाणकाे लागू औषध गाजा बरामत गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । रौतहटकाे ईशनाथ नगरपालिका वडा नम्बर ०८ मोतिपुर स्थित ग्राभेल सडक मोतिपुर तर्फबाट जटहरा तर्फ शंकास्पद अवस्थामा गई रहेको पिकअप गाडी चालकले गस्ती टोलीलाई देखेपछि गाडी सडक छेउमा छाडी चालक  फरार भएका थिए । चालक फरार भएपछि  शंका लागेर प्रहरीले प्रदेश ०३-०१-०२२ च १८६१ नम्बरको पिकअप गाडीलाई चेकजाँच गरेकाे थियाे । साेही क्रममा गाडी पछाडी फुलकाउली (तरकारी) को पोकाहरु रहेको, सो पोका मुनी २६ पोका ३३३ किलो अवैध लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय  राैतहटले जनाएकाे छ । प्रहरीले फरार चालककाे खाेजी कार्य तिब्र बनाएकाे र थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

ताजा समाचार

Related Articles