सेनापतिसँग वार्तापछि दुर्गा प्रसाईं : म जुनसुकै परिस्थितिका लागि तयार

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगीअड्डामा वार्ता गरेका छन्।

वार्ताको पुष्टि गर्दै व्यवसायी प्रसाईंले आफूलाई नेतृत्वको लोभ नभएको तर आफू जुनसुकै परिस्थितिका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रधानसेनापतिसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको जानकारी गराएका हुन्।

जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै आफू बालेन वा शुशिला कार्की जसको नेतृत्व पनि स्वीकार्न तयार भएको पनि उनले बताए।

ताजा समाचार

Related Articles