आज राति १० बजेबाट नेपालमा सेना सुरक्षाकर्मी परिचालन हुने

काठमाडौ, २४ भदौं । अहिले राति १० बजेबाट नेपालमा सेनासहितका सुरक्षाकर्मी परिचालन हुने भएका छन्।

भौतिक सम्पत्तिको ठूलो क्षति भइरहेको अवस्थामा त्यसको रक्षार्थ र स्थिति नियन्त्रणमा लिन सेना परिचालन हुन लागेको हो।

 नेपाली सेनाले अहिले केहीवेर अघि विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको छ । यद्यपि सिंहदरबारलगायत धेरै भौतिक संरचना जलिसकेको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने काम गरेको उल्लेख गर्दै यस्तोमा त्यसलाई नियन्त्रणमा सम्पूर्ण राष्ट्रवासीलाई सहयोगका लागि अपिल गरेको छ ।

ताजा समाचार

Related Articles