लक्ष्मण पासवानद्वारा रुबीको हत्या स्वीकार, थप उपचारका लागि काठमाडौँ रिफर

रुपेन्द्र पटेल
रौतहट,११ भदौ । रौतहटको माधव नारायण नगरपालिका वडा नं–६ माधोपुरकी रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त लक्ष्मण पासवानले हत्या गरेको स्वीकार गरेको छ । आफ्नो शरीरमा आफै आगो लगाउनु पहिला करिब ९ मिनेटको भिडियो सन्देशमा पासवानले रुबीको हत्या गरेको स्वीकार गरेको हो । रुबी कि आमानै प्रमुख दोषी रहेको भन्दै भिडियो बनाएका हुन । माधव नारायण नगरपालिका वडा नं–६ स्थित खेतमा पासवनको जलेको शरीर प्रहरीले फेला पारेको थियो । उनले आफ्नो शरीरमा आफैंले आगो लगाएर गम्भीर घाइते अवस्थामा रहेका छन् । उनले आफ्नो शरीरमा आगो लगाउनु अगाडि रुबीको हत्या आफैले गरेको बताएका छन् । भिडियो सन्देशमा उनले रुबीको हत्या आफैले गरेको स्वीकारेका हुन् ।
रुबी साह विगत केही समयदेखि गौरमा आफ्नी आमासँग बस्दै आएकी थिइन् । गत आइतबार सुटकेसभित्र उनको शव फेला परेको थियो । त्यसपछि सो घटनाको प्रहरीले अनुसन्धान गर्दा अनुसन्धानको सुई लक्ष्मण पासवानतिर गएको थियो ।
घटनाका मुख्य अभियुक्त लक्ष्मण पासवानले भिडियो सन्देशमा रुबीकी आमाकै कारण उसको हत्या गर्नुपर्ने अवस्था आएको उनले स्वीकारेका छन् । उनले भिडियो सन्देशमा आफूले कसरी हत्या गरे भन्ने कुरा नखुलाए पनि आफूहरूको प्रेमका कारण यो घटना भएको उनको जिकिर छ । रुबीसँग कक्षा १० मा पढ्दा आफ्नो प्रेम भएको र जिल्ला अदालत सर्लाही र भारतको सीतामढी स्थित अदालतमा आफूहरूको प्रेम विवाह भएको भएपनि रुबीकी आमा र दुवै घरपरिवारले आफूहरूको विवाह स्वीकार नगरेको पासवानले बताएका छन् । उनले जारी गरेको भिडियो सन्देशमा राजन ,राजु ,राजा र रुबीकी आमा यो घटनाका मुख्य दोषी रहेको दाबी गरेका छन् । उनकी आमाले पैसाको प्रलोभनमा परेर आफ्नी छोरीलाई तीनैजना केटाहरूसँग सम्बन्ध राख्न लगाएको आरोप समेत लगाएका छन् । उनको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । लक्ष्मणसँग भागेर विवाह गरेपछि रुबीको परिवारले उनको भारतीय केटासँग विवाह गराइदिएका थिए । भारतको मजफरपुरका स्थानीय निवासी शिवसागर साहसँग रुबीको विवाह भएको थियो । हत्या भएको राति आफू दुवैजना मर्ने निधो गरेको लक्ष्मणले जारी गरेको भिडियोमा उल्लेख रहेको छ । उनले आफूले कसरी रुबीको हत्या गरे भन्ने कुरा नखुलाए पनि अब आफू पनि बाँच्न नचाहेको र अबको केही बेरमै आफूले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्न लागेको जनाएका थिए । आफू गरिब रहेको र रुबीकी आमाले आफूसँग रुबीलाई बस्न नदिएको र अरु हुने खाने धनीमनीसँग बिहे गराइदिएको उनको भिडियोमा उल्लेख छ ।  उनले बनाएको भिडियोमा अव आफुहरुको भेट माथि हुने छ भनेका छन् । हत्या भएको राती आफुहरुले लामो समय कुराकानी गरेको र दुबैजनाले मर्ने निधो गरेको उनको भिडियोमा उल्लेख छ । पासवाले भिडियोमा आफु जेल जान नचाहेको र रुबीलाई भेटन जान लागेकाले पक्राउ परेका रिक्सा चालकको कुनै दोष नरहेको बताएका छन् । पासवालले रुबीको फोटो र नामको ट्याटु समेत बनाएको देखिन्छ । आफ्नो शरिरमा आगो लगाई घाइते अवस्थामा पक्राउ परेका पासवानलाई गरुडा स्थित बेटर नेपाल हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles