रुवि साह हत्या आराेपी पासवान माधाेपुर नहरबाट पक्राउ

राैतहट ११ भाद्र
राैतहटमा रुबि साहको हत्या काण्डका आराेपी पक्राउ परेकाे छ ।  रुवि साहकाे हत्या गरि सुटकेशमा राखी फालेकाे आरोप लागेका माधबनारायण नगरपालिकाकाे वडा नम्बर ६ माधोपुरको स्थानीय लक्ष्मण पासवान बुधबार पक्राउ परेका हुन । रौतहटको माधवनारायण न.पा -६ माधोपुर भन्दा पश्चिम नहरको बाटोमा पासवानकाे शरिरमा आगो लगाएको अवस्थामा पासवानलाई बुधबार प्रहरीले पक्राउ गएको हो । पासवानलाइ नियन्त्रणमा लिई तत्काल उपचारको लागि सदरमुकाम गौर लगिएको छ । प्रहरीले पासवानलाई माधवनारायण नगरपालिका–६, माधोपुरको पश्चिमतर्फ आमाको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा शंकास्पद अवस्थामा पक्राउ गरेको जनाएकाे छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

Related Articles