राैतहट ७ भाद्र
गैडाटारका युवाहरुले शनिबार सडक तथा चाैताराे सरसफाइ गरेका छन । समृद्ध गैडाटार निर्माण अभियानकाे नारा बाेकेका एक युवाहरुकाे समूह यति बेला सामाजिक कार्यमा आफ्नाे खालीलाई श्रमसँग जाेडेका छन । शनिबार साेही अभियान अन्तर्गत चन्द्रपुर-३ गैडाटारकाे पुरानाे टल पुच्छर नमुना डाडा क्षेत्र र पुरानाे टाेल स्थित पानी ट्याङ्की सम्मका सडक सरसफाइ गरेका छन । सरकरी बजेटकाे मात्रै मुख ताक्दा गाउमा खासै विकास हुन नसकेकाेले अब राम्राे कामकाे थालनी आफैबाट गराै भन्ने उदेश्यका साथ शून्य लागतबाट गर्न सक्ने सार्वजनिक स्थलहरु सडक , मन्दिर , पाेखरी लगायत विभिन्न सार्वजनिक स्थलहरुकाे मर्मत सम्भारदेखि सरसफाइका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन । श्रमले नै मुलुकलाई समृद्ध बनाउने आधार भएकाे युवा Truth गाैतमले बताउनु भयाे । युवा शक्तिलाई समृद्ध गैडाटार निर्माण अभियानमा जाेड्दै गएकाे सहभागी युवा विवई थिङकाे भनाइ रहेकाे छ । आफ्नाे गाउलाई समृद्ध बनाउने अभियान सञ्चालन गरेकाे युवाहरु सँगे आफू पनि सहभागी हुन पाउने अवसर पाउँदा आफुलाई साैभाग्य ने ठाेनकाे अग्रज गैडाटारका बुद्विजिवि तथा हेटाैडा उपमहानगरपालिकाका आर्थिक शाखा प्रमुख जगन्नाथ सापकाेटाले बताउनु भयाे । केही दिनभित्रै चादी पुल , गैडाटार खानेपानी ट्याङ्की लगायत राेजगारका अवसरहरु सम्बन्धि कार्यक्रमहरु गर्दै जाने याेजना पनि रहेकाे युवा अमर भण्डारीले तराई पाेष्टलाई जानकारी दिनु भयाे । शनिबारकाे सरसफाइ कार्यक्रममा खाजाकाे ब्यवस्थापनमा स्थानिय विपिन थापा , साजन तिमल्सिना र विवस ग्यालाङ मगरले गर्नु भएकाे थियाे । सहभागी युवाहरुले सबैलाई धन्यवाद दिएका छन ।

