रौतहट ५ भाद्र
रौतहटको चन्द्रपुर चोकका सडकपेटीहरूमा दिन प्रतिदिन अतिक्रमण बढेपछि सर्वसाधारणले सास्ती भोग्दै आएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ क्षेत्र मुख्या चोक चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्ग र गौर रोडका सडक पेटीहरूमा स–सानादेखि ठूला ठूला पसल सञ्चालनसँगै सवारी साधन पार्किङ गर्न थालेपछि सर्वसाधारणले सास्ती ब्यहोर्नु परेकोे छ । पुर्वपश्चिम राजमार्ग जंगल टोल सडक डिभिजन कार्यालदेखि जगत पेट्रोल पम्प क्षेत्रसम्म नै ब्यापार गर्न मिल्ने स्थानमा ब्यापार र पार्किङ गर्न मिल्ने स्थानमा पार्किङ गरेपछि स्थानिय सेवाग्राहीहरुले सास्ति खेप्दै आएको जनगुनासो गरेका छन । त्यसैगरि गौर रोडतर्फ चन्द्रनिगाहपुर चोकदेखि चन्द्रनिगाहपुर बजारसम्म नै पार्किङ र ब्यापारीहरुले सडक नै कब्जा गरेपछि यात्रुहरुले सास्ति भोग्दै आएका छन ।


सडकको दुबै छेउमा तरकारी, फलफूल, चटपटे तथा अन्य सामग्रीको पसल थापेपछि सडक किरानाबाट सम्भावित दुर्घटनाका जोखिमका साथ सर्वसाधारणले हिँडडुल गर्नु पर्ने बाध्यता रहेको उनीहरुको भनाइ रहेको छ । पैदल यात्रा र सवारी साधनमा यात्रा गर्न कठिनाइ भएको चन्द्रनिपुर ३ का हिरा बहादुर थोकरले गुनासो सुनाउनु भयो । अति ब्यस्त सडकमा समेत सवारी साधन पार्किङ गर्दा सर्वसाधारण समस्यामा पार्दै आएको उहाँले बताउनु भयो । सवारी साधनहरूका लागी सुविधा सम्पन्न बसपार्क बनाइएको भएतापनि बस ब्यावसायीहरुले सुरक्षाको माग गर्दै टेकानमा बनाइएको बसपार्कमा यातायातका साधनहरु पाकिङ गर्न नलगी सडकमा नै पार्किङ गर्दा यो समस्या आएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले बताउनु भयो । विहिबार आफु टेकानमा बनेको बसपार्कमा निरिक्षण गर्न गएको र स्थानियसँग छलफल गरि स्थानिय युवाहरुमार्फत सुरक्षाको प्रत्याभुति दिलाएर चाडै बसपार्क सञ्चालनमा ल्याउने नगर प्रमुख काफ्लेले बताउनु भयो । नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याउन नसके सडकमा पार्किङ गर्ने प्रवृतिले दुर्घटनाको जोखिम बढ्ने देखिएको छ । त्यसैगरि सडक अतिक्रमण गरेर ससाना पसल सञ्चालन गर्ने प्रवृत्तिको पनि अन्त्य हुनु पर्ने स्थानियको भनाई रहेको छ । सडक अतिक्रमण र भिडभाड अहिलेको ठुलो समस्या रहेकाले अतिक्रमण हटाउन पुनःपहल गर्ने र सवारी साधनलाई बसपार्कमा पार्किङ गर्ने व्यवस्था मिलाउने नगर प्रमुख संजय काफ्लेले बताउनु भयो ।

