रौतहट यमुनामाईका २१ जनप्रतिनिधि १३ बुँदे मागसहित आन्दोलित , गाउ सभा अन्यौलमा

रौतहट ५ भाद्र
रौतहटको एक गाउपालिकाका जनप्रतिनिधिहरुले धर्ना दिएपछि गाउ सभा गर्न सकेको छैन । रौतहटको यमुनामाई गाउपालिकाको भवन अगाडी नै सोही गाउपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष सिताराम यादवको नेतृत्वमा २१ जना निर्वाचित जनप्रतिनिधिहरु विभिन्न मागहरुसहित धर्नामा बसेपछि गाउ सभा अनिश्चित बनेको छ । यमुनामाई गाउपालिकाको आर्थिक बर्ष २०८२/८३ को गाउ सभा भाद्र ६ गते गर्ने बताएइको छ । आफुहरुले १३ बुदे मागसहित आन्दोलन गरेको र यदि गाउपालिकाका प्रमुखले जबरजस्ति गरेर गाउ सभा गरेमा प्रतिकार गर्ने आन्दोलनरत वडा अध्यक्ष सिताराम यादवले तराई पोष्टलाई जानकारी दिनु भयो । पालिकाका अध्यक्ष शेख इर्शादाले प्रमुख प्रशासकिय अधिकृतसँग मिलोमतोमा अनियमितता गर्ने उदेश्यले कामहरु गरेको वडा अध्यक्ष यादवले आरोप लगाएका छन । पालिकामा पारदर्शिता, मितव्ययिता तथा जवाफदेहिता कायम गर्न आन्दोलन आवश्यक रहेको उनीहरुको दावी रहेको छ । आन्दोलनरत जनप्रतिनिधिहिरुले आर्थिक वर्ष २०७९ देखि २०८२ सम्मका गाउँसभाका निर्णय, कार्यपालिका बैठकको माइनुट, रातो किताब, सर्शत अनुदान, सम्पूर्ण बजेट योजनाका कागजात, बैंक स्टेटमेन्ट र लेखा परीक्षण प्रतिवेदन समेतको प्रमाणित प्रतिलिपि माग गरेका छन । त्यसका साथै स्थायी, करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको नियुक्ति प्रमाणित प्रतिलिपि, अनलाइन टेण्डर र अनलाइन बिडिङ प्रणाली लागु गर्न, गाउँपालिका भरी प्रत्येक व्यक्तिलाई स्वास्थ्य बीमा गर्न, गाउँपालिका स्तरिय अस्पताल तत्काल स्थापना गर्न, स्थानीय जनताले प्रयोग गरेका विद्युत् महसुल निशुल्क गर्नु पर्ने लगायतका १३ बुँदे माग राखेका छन । वडाध्यक्ष सिताराम यादवको विरोधमा कुनै नयाँ नभएका पालिका अध्यक्ष शेख इर्शादले प्रतिक्रिया दिएका छन । पालिकाका अध्यक्ष इर्शादले सबै माग पुरा गर्न प्रतिबद्ध रहेको र गाउ सभामा सहभागी हुन सबैलाई अपिल गरेको बताउनु भयो । यमुनामाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि गाउ सभा गर्न सकेको छैन । निर्वाचित प्रतिनिधिहरूबीच विवाद रहँदा गाउँसभा हुन सकेको छैन ।

ताजा समाचार

Related Articles