गाँजासहित थिङ पक्राउ

रौतहट, ३ भदौ । विशेष सूचनाका आधारमा प्रहरीले रौतहटमा छापा मार्दा ठूलो परिमाणमा गाँजा बरामद भएको छ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी रंगपुरबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो गुजरा नगरपालिका–२ निवासी ५५ वर्षीय गोपाल बहादुर थिङको घरमा छापा मारेर करिब ३ किलो ५० ग्राम गाँजा बरामद गरेको हो।

प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा खटिएको टोलीले घरका विभिन्न कोठामा लुकाइराखिएको गाँजा बरामद गर्नुका साथै नगद नेपाली रुपैयाँ ७८ हजार ३५ र भारतीय रुपैयाँ ६१० पनि फेला पारेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रुपा लाबुङले जानकारी दिनुभयो।

थिङलाई लागुऔषध खरिद–बिक्री र वितरणमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ताजा समाचार

Related Articles