सर्लाहीमा अबैध कपडा र चुरोट प्रहरी नियन्त्रणमा

सर्लाही ८ साउन
सर्लाहीमा भारी मात्रामा बुधबार अबैध कपडा र चुरोट नियन्त्रणमा लिइएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकाको वडा नम्बर १ स्थित चौलिखा बजारको एक गोदामबाट सशस्त्र प्रहरीले बुधबार राति लाखौँ मूल्य बराबरको करिब ३० पोका कपडा र चुरोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । २८÷३० पोका कपडा र चुरोट बरामद भएको र कपडा र चुरोटको मूल्य एकिन गर्ने काम हुन नसकेको सशस्त्र प्रहरी सर्लाहीका प्रमुख एसपी देव बहादुर चन्दले तराई पोष्टसँग बताउनु भयो । बरामद गरेको अवैध कपडा र चुरोटको मूल्य एकिन गर्ने र भन्सार दाखिला गर्ने एसपी चन्दले बताउनु भयो । सशस्त्र प्रहरी १० नम्बर गण हेड क्वार्टर सर्लाहीका प्रमुख एसपी देव बहादुर चन्द र सर्लाहीको मलंगवा भन्सार कार्यालयका भन्सार अधिकृत डम्बर बहादुर बस्नेतको टोलीले गोदाममा छापा मारेर उक्त परिमाणको सामानहरु बरामद गरेको प्रहरीको भनाई रहेको छ ।

ताजा समाचार

Related Articles