राैतहट १३ असार
राैतहटकाे गाैरमा बिहिबार साेही नगरपालिकाका कृषकहरुलाई स्प्रे टंकी वितरण गरेकाे छ । सल्भ नेपाल काठमाडौंकाे सहयाेगमा गाैर नगरपालिकाकाे सहकार्यमा साे स्प्रे टंकी १७० जना कृषकहरुलाई बितरण गरिएकाे गाैर नगरपालिकाले जनाएकाे छ । गाैर नगरपालिकाका नगर प्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न टंकी वितरण कार्यक्रममा गौर नगरपालिकामा वडा नं. १ देखि ९ सम्मका १७० जना किसानलाई स्प्रे टंकी वितरण गरिएको जनाएकाे छ । कृषकहरूलाई आधुनिक कृषि प्रविधिमा पहुँच सुनिश्चित गर्न तथा कीटनाशक र मलजल छर्कन सहजता ल्याउने उद्देश्यले उपकरण वितरण गरिएको नगरपालिकाले जनाइएको छ। “कृषकहरूको उत्पादन शक्ति बढाउन प्रविधिको पहुँच अनिवार्य रहेकाे नगर प्रमुख शाहले बताउनु हुदै गौर नगरपालिका सदैव किसानहरूको पक्षमा रहेकाे र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै लैजाने बताउनु भयाे । कार्यक्रममा गाैर नगरपालिकाका जनप्रतिनिधिहरू, सल्भ नेपालका प्रतिनिधिहरू, कर्मचारी तथा कृषकहरूको उल्लेखनीय सहभागीता जनाएका थिए ।

