राैतहट गौरमा निःशुल्क पाठेघर अपरेशन शिविर सञ्चालन हुदै

राैतहट १३ असार
रौतहट गाैरमा निशुल्क पाठेघर शल्यक्रिया शिविर सञ्चालन हुने भएकाे छ ।  गाैर स्थित प्रादेशिक अस्पतालमा निःशुल्क पाठेघर शल्यक्रिया (अपरेशन) शिविर सञ्चालन हुने गाैर प्रादेशिक अस्पतालले जनाएकाे छ।  प्रदेश स्वास्थ्य निर्देशनालय, मधेश प्रदेशको आयोजनामा तथा प्रादेशिक अस्पताल गौरको प्राविधिक सहयोगमा साे  शिविर २०८२ असार १६ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने अस्पतालले जनाएकाे छ। शिविरमा पाठेघर सम्बन्धी समस्या भोगिरहेका महिलाहरूलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने जनाएकाे छ। स्वास्थ्य सेवाबाट बञ्चित महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरुले  सेवा दिने बताइएकाे छ । प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हाशमीले आम नागरिक, विशेष गरी महिला वर्गलाई समयमै अस्पतालमा उपस्थित भई स्वास्थ्य लाभ लिन अपिल समेत गरेकाे छ ।

ताजा समाचार

Related Articles