राैतहटका पुर्व गाउपालिका अध्यक्ष साहसहित ३ जनालाई जग्गा ठगि मुद्दामा पक्राउ पुर्जी

राेैतहट ५ असार
रौतहटको दुर्गा भगवति गाँउपालिकाका पूर्व अध्यक्षमाथी पक्राउ पुर्जी जारी भएकाे छ । दुर्गा भगवती गाउपालिकाका पुर्व अध्यक्ष अरुण साहलाई पक्राउ गर्न जिल्ला अदालतले रौतहटले प्रहरीलाई पक्राउ पूर्जी अनुमती प्रदान गरेको हाे ।
साहमाथी जग्गा सम्बन्धी रकम ठगी गरेको मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत गौर सँग अनुमति माँग गरेकाे थियाे । साेही माग बमोजिम जिल्ला अदालतले दुर्गा भगवति गाँउपालिका २ का अरुण साहलाई पक्राउ पूर्जी जारी गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएकाे छ । राैतहट गरुडा वडा नम्बर ६ पोठियाहीका सन्तोष कुमार चौधरीले काठमाण्डौ नागार्जुन ४ बस्ने विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठ संग सर्लाहीको हरिपुर वडा नं. ७ मा रहेको जग्गा खरिदका लागी भएको सम्झौता बमोजिम विभिन्न चरणमा १ करोड ४३ लाख रकम नगद र चेक मार्फत बुझाएका थिए । सो जग्गा खरिदविक्रीमा जोडिएका पूर्व गाँउपालिका अध्यक्ष साहले बैंक मार्फत १० लाख रुपैंया लिएर चौधरीको नाममा जग्गा पास गराइदिने आश्वासन दिएका बताइएकाे छ । जग्गा खरिदकर्ता चौधरीले आफ्ना ससुरा प्रभन्य चौधरीको नाममा रहेको नेपाल बैंक लिमिटिडको चेक मार्फत २०८१ भदौ १९ गते अरुण साहलाई चेक दिए पनि उनले जग्गा पास नगराएर आलटाल गर्दै आएको भन्दै चौधरीले पीडक विमला श्रेष्ठ, धिरज श्रेष्ठ र अरुण साह माथि १ करोड ४३ लाख ५० हजार ठगी गरेको ठगी मुद्दा दायर गरेका थिए । “पूर्व पालिका अध्यक्ष सहित तिन जनालाई पक्राउ पूर्जी जारी भएको छ । मुख्य अभियुक्तहरुसँगै पूर्व अध्यक्ष साहलाई पनि प्रहरीले कानून बमोजिम पक्राउ गर्ने तयारी गरेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बताउनु भयाे । अभियुक्त ३ जनालाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत गौरलाई जेठ १३ गते अनुमति माँग गरे बमोजिम अदालतबाट पक्राउ पूर्जी जारी भएको डिएसपी कार्कीले बताउनु भयाे ।

ताजा समाचार

Related Articles