राैतहट ५ असार
राैतहटकाे दुर्गाभगवती गाउपालिकामा अन्तर्राष्ट्रिय याेग दिवस २०२५ भब्य समारोहकाबिच सम्पन्न भएकाे छ । योग गराै स्वास्थ रहाै भन्ने मुल नाराका साथ रौतहटको दुर्गाभगवती गाउँपालिका पिपरा भलोहियामा साे दिवस सम्पन्न भएको हाे । “योग केवल शारीरिक अभ्यास होइन, समग्र जीवनशैली परिवर्तनको साधन भएकाे मधेस प्रदेशका अर्थमन्त्री सुनील यादव(जितेन्द्र) काे भनाई रहेकाे थियाे । मानसिक शान्ति, आत्मबल निर्माणमा याेगको भूमिका अपार रहेकाे समेत उहाले बताउनु भयाे । प्रदेश सरकारले स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्दै योग, आयुर्वेद र प्राकृतिक जीवनशैलीलाई प्रवर्द्धन गर्ने नीति लिएको छ।” अब गाउँगाउँ टोल टोल , हरेक व्यक्तिहरुले , विद्यालय सम्म योग शिक्षा विस्तार र स्वास्थ्य–सचेतनामा जोड दिँदै सबै तहका सरकार र समुदायलाई सहकार्यमा जुट्न अर्थ मन्त्री ले सबैमा आह्वान समेत गर्नु भएको छ ।

