राैतहटकाे बृन्दावनमा ट्याक्टरमा च्यापेर चालककाे मृत्यु

राैतहट ३१ जेठ
राैतहटमा ट्याक्टर दुर्घटना हुदा च्यापिएर चालककाे मृत्यु भएकाे छ ।  शनिबार राैतहटकाे बृन्दावन नगरपालिकाकाे वडा नम्बर ७ हुसेनी चाेक र आकरपाथर बिचमा पर्ने भित्री सडक खण्डमा गिट्टी लाेड गरेकाे ट्याक्टर खेतकाे सडकबाट राेडमा निकाल्ने क्रममा ट्याक्टरकाे अगाडीकाे भाग उठेर चालक स्टेरिङमा नै च्यापिएका थिए । बृन्दावन-७ का बर्ष २४ का नजामाेदिन मन्सुरीकाे घटनास्थलमा नै मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारि दिनु भयाे । रौतहटको वृन्दावन नगर क्षेत्र अन्तर्गत खेतबाट बाटोमा ना ४ त २०६८ नम्बरको ट्याक्टरकाे अगाडीकाे भाग पल्टिएर टेलरमा उठेर चालक च्यापिएकाे प्रहरीले जनाएकाे छ । प्रहरी टोलीले चालकलाई उपचारको लागि चन्द्रपुर अस्पताल प्रालिमा पठाइएकोमा चिकित्सकले  मृत घोषणा गरेको डीएसपी कार्कीले जानकारी दिनु भयाे । दुर्घटनामा परेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

ताजा समाचार

Related Articles