राैतहट २४ जेठ
राैतहटका नेकपा एसका युवा तथा प्रभावशाली नेता शनिबार नेकपा एमाले प्रबेश गरेकाे छन । राैतहटकाे बृन्दावन नगरपालिकाका नेकपा एकिकृत समाजवादी पार्टीका वन तथा वातावरण विभाग केन्द्रीय सदस्य तथा रौतहटका प्रभावशाली युवा नेता बृन्दावन नगरपालिकाका नगर उपप्रमुख संगीता रामकाा श्रीमान अरुण राम नेकपा एमाले प्रवेश गर्नु भएकाे हाे । नेकपा एसमा कुनै भिजन र जनतासंग कुनै याेजना नरहेकाे र साे पार्टीले जनतामा कुनै काम गर्ने वातावरण समेत नरहेकाले आफू पुन नेकपा एमालेमा नै फर्किएको रामले बताउनु भयाे । साे पार्टी प्रबेश कार्यक्रममा
मधेश प्रदेश ईन्चार्ज स्थायी कमिटि सदस्य दिलनाथ श्रेष्ठकाे प्रमुख आतिथ्यतामा अरुण रामलाई टीका लगाई नेकपा एमालेमा प्रबेश गराइएकाे थियाे । कार्यक्रममा मधेश प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल , राैतहट जिल्ला कमिटि ईन्चार्ज अजय गुप्ता , केन्द्रीय सदस्य कुन्दन कुस्वाहा , रेखा झा , उद्वव रेग्मी , प्रदे कमिटिका उपसचिव भारती भण्डारी , राैतहट अध्यक्ष सचितानन्द साह , राैतहट जिल्ला सचिव बाबुराम दाहाल लगायतका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुकाे सहभागीता रहेकाे थियाे ।


