राैतहट १६ जेठ
उपेन्द्र गाेले तामाङ
राैतहटमा विहिबार एक बेवारिसे महिलाकाे शव फेला परेकाे छ । २०८२ जेठ १५ गते राैतहठकाे दुर्गा भगवती गाउपालिकाकाे वडा नम्बर ५ स्थित झाझ खाेलाकाे झुलुङ्गे पुल किनारमा नाम वतन एकिन नखुलेकाे अन्दाजी बर्ष २०/२५ बर्षकाे शव झाडीमा घाेप्टिएकाे अबस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । साे महिलाकाे मृत्यु केही दिन अगाडि नै भएकाले अनुहार चिन्न सकिने अवस्थामा नरहेको प्रहरीले जनाएकाे छ । प्रहरीले मृतक महिलाको घटनास्थलमा नै शवकाे जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतक शव पाेष्ट म्याटमका लागी प्रादेशिक अस्पताल रौतहट गौरको शव गृहमा सुरक्षित राखिएको राैतहट प्रहरीले जनाएकाे छ ।
फिक्का हरीयोमा सेतो बुट्टा भएको कुर्ती सुरूवाल लगाएको, दुबै खुट्टामा सेतो धातु चाँदी जस्तो देखिने पायल (पाउजु) लगाएको, बाँया हातको नाडिको भागमा रातो रङ्गको धागो बाधेको, बाँया हातको औलाको भागमा मेंहदी लगाएको, नाकमा पहेलो धातु जस्तो देखिने नथिया लगाएको, खुट्टाको औलामा आकाशे रङ्गको नङ्ग पालिस लगएको, S TEPAGE लेखिएको हल्का बैगनि रङ्गको लेडिज सेन्डल चप्पल १ जोर, उचाई ५ फिट २ ईन्च, शारीरिक बनावट पातलो, विशेष पहिचान वर्ण गहु गोरो , तराई मुलुकको जस्तो देखिने उक्त महिलाकाे हुलिया रहेकाे प्रहरीले जनाएकाे छ । साे हुलिया भएको मृतक महिलाको शश हाल सम्म सनाखत हुन नसकेकोले मृतक महिलालाई पहिचान गर्न सक्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय रौतहटको मोवाईल फोन नम्बर ९८५५०४०९९९, ९८५५०९०३७४ र हटलाई-१०० मा फोन सम्पर्क गरि जानकारी गराउनको लागि प्रहरौले अनुरोध समेत गरेकाे छ ।

