गरुडाकाे शिवनगरमा कृषि सडककाे नगर प्रमुख जयसवालले गरे शिलान्यास

राैतहट १५ जेठ
राैतहटकाे गरुडामा कृषि सडककाे बुधबार शिलान्यास गरिएकाे छ । राैतहटकाे गरुडा नगरपालिकाकाे वडा नम्बर ५  काे शिवनगर चाेक स्थित दुर्गा मन्दिरदेखि कृषि केन्द्रलाई जोड्ने नयाँ कृषि सडकको  एक कार्यक्रमका बीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल र वडाध्यक्ष रामबिनोद साहले संयुक्त रूपमा उक्त सडकको शिलान्यास गर्नु भएकाे हाे ।  रौतहटकाे  पबित्र धार्मिक नगर मध्ये एक शिवनगरधामलाई पनि चिनिने गरेकाे झ ।  साे क्षेत्रमा  प्रयाप्त बाटोघाटो नहुदा शिवनगरको विकासको गति शुन्य अवस्था रहेको स्मरण गर्नु हुँदै नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल र स्थानिय भद्रभलादमी समाजसेवी लगायत जग्गा दाताको विशेष सहयोगले  शिवनगर चोक दुर्गा मन्दिर देखि कृषि केन्द्र लाई जोड्ने १५ फिट चौडाई सडकको विधिवत रुपमा शिलान्यास गरिएको छ । साे कार्यक्रममा  स्थानीय लालबाबु गिरि,शिवनर बजार समितिका अध्यक्ष योगेन्द्र प्रसाद साह,वडा नम्बर २ का अध्यक्ष कृष्णन्दन सहनी,वडा नम्बर १ का अध्यक्ष शेख वहाब, वडा नम्बर ६ का अध्यक्ष रामबाबु चौधरी,कर्यापालिका सदस्य ध्रुव गिरि, स्थानीय बिनोद साह, मदन सोनार साह,अनिल यादव,फेकन जी लगाय स्थानीय  बुद्धिजीवी सर्वसाधारण लगायतले सहभागिता जनाएका थिए ।

ताजा समाचार

Related Articles