राैतहट १५ जेठ
राैतहटकाे सन्तपुरकाे एक बिद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु वितरण गरिएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ८ सन्तपुरमा रहेकाे बाल कल्याण आधारभूत विद्यालय सन्तपुरमा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विभिन्न सामग्रीहरु बुधबार वडा कार्यालयले वितरण गरेकाे छ । साे विद्यालयलाई चन्द्रपुर नगरपालिका वडा नं. ८ कार्यालय चन्द्रपुर नगरपालिका वडा न. ८ सन्तपुरले शैक्षिक तथा सरसफाइ सामग्रीहरू प्रदान गरिएको वडा अध्यक्ष जितेन्द्र चाैधरीले तराई पाेष्टलाई बताउनु भयाे । वडा अध्यक्ष चाैधरीले ८ थान सेतो वाईट बोर्ड , ६ थान कक्षागत उपस्थिती सूचक विवरण बोर्ड , ३ थान ऐना (विद्यार्थीहरूको सरसफाइ, कपाल तथा नृत्य अभ्यासका लागि) र १ थान भ्याकुम क्लिनर (सर सफाइका लागि) वितरण गरेकाे बताउनु भयाे । त्यसैगरी सिद्धार्थ प्रिमियर बीमा कम्पनी, चन्द्रपुर शाखाबाट गर्मी मौसममा चिसो वातावरण कायम राख्नका लागि ६ थान पंखा विद्यालयलाई प्रदान समेत गरिएको छ ।


