राैतहट जय नेपाल कप : लिक चरणकाे खेल सकियाे , ४ कलेजबिच महा भिडन्त हुदै

राैतहट २९ बैशाख
नेपाली काङ्ग्रेस विद्यार्थी विभागद्वारा आयोजित जय नेपाल कप क्रिकेट प्रतियोगिताकाे लिक चरणकाे अन्तिम खेल साेमबार सम्पन्न भएकाे छ । मंगलबारबाट भने नकआउट चरणका खेलहरु हुने जनाइएकाे छ । साेमबारकाे लिक चरणकाे अन्तिम खेल श्री देवी सिटिईभिटी कलेज र एजुकेसन कन्सलटेन्सी बिचमा भएकाे हाे । रौतहट अन्तर कलेज T-20 क्रीकेट लिग प्रतियोगिता २०८२ को ७ औं दिनको खेलमा श्री देवी सिटिईभिटी कलेज ४ विकेटले विजयी भएको नेपाली काग्रेस विद्यार्थी बिभागका संयाेजक शयामहरी चाैलागाईले तराई पाेष्टलाई जानकारी दिनु भयाे । टस जितेर ब्याटिङमा उत्रीएको अभियान एजुकेसन कन्सल्टेन्सिले १८.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ८५ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको श्री देवि सिटिईभिटी कलेजले १४.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियोे । यो खेल संगै लिग चरणको खेलहरु सकिएका छन । समूह A बाट विजेता उपविजेता बन्दै मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा र गौरीशंकर यादव बहुमुखी क्याम्पस गौरले सेमिफाइनलको यात्रा तय गरेको छ भने समूह B को विजेता उपविजेता बन्दै सिन्धुरेघारी बहुमुखी क्याम्पस र श्री देवि सिटिईभिटी क्याम्पसले सेमिफाइनलको यात्रा तय गरेको छ

ताजा समाचार

Related Articles