राैतहट २३ बैशाख
राैतहटकाे चन्द्रपुरमा मंगलबारबाट शुरु भएकाे जय नेपाल कप क्रिकेट प्रतियाेगीताकाे उद्घाटन खेल सिन्दुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुर बिजयी भएकाे छ । साे उद्घाटन खेलमा लक्ष्मी श्री बहुमुखी क्याम्पस समनपुर र सिदुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुर बिचमा भएको थियोे । टस जितेर ब्याटिङ रोजेको लक्ष्मी श्री बहुमुखी क्याम्पसले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै कुल ९३ रन जोडेकाे थियाे । साे खेलमा टिम क्याप्टेन सञ्जय साहले सर्वाधिक ३१ रन जोडेका थिए । जवाफी ब्याटिङमा उत्रेको सिधुरेघारी बहुमुखी क्याम्पसले १९.१ ओभरमा ५ विकेटको क्षतिमा ९४ रनकाे लक्ष्य पूरा गरेका थियाे । सिधुरेघारी बहुमुखी क्याम्पसका लागि आदित्य खड्काले सर्वाधिक २४ रन जोडेका हुन । साे खेलमा सिधुरेघारी बहुमुखी क्याम्पसका कप्तान राजेस यादवले म्यान अफ द म्याचको उपाधी हात पारेका थिए ।

नेपाली काङ्ग्रेस विद्यार्थी विभाग रौतहटद्वारा आयोजित जय नेपाल कप रौतहटका अन्तर कलेज T 20 क्रिकेट प्रतियोगिता चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ८ बेतौना स्थित कोटिहोम क्रिकेट खेल मैदानमा सम्पन्न भएको हाे । नेपाली काङ्ग्रेस रौतहट विद्यार्थी विभाग प्रमुख श्यामहरि चौलागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा पुर्व प्रदेश सभा सदस्य धन लाल ठोकर, नेपाली काङ्ग्रेस जिल्ला सचिव मिथिलेश कुमार मिश्र , नेपाली काङ्ग्रेस मधेस प्रदेश प्रवक्ता सुर्य बहादुर थापा सञ्चार विभाग प्रमुख नितेश कुमार गुप्ता ,चन्द्रपुर नगरपालिका प्रमुख सञ्जय कुमार काफ्ले ,माधवनारायण नगरपालिका प्रमुख बैजु यादव चन्द्रपुर नगरपालिका वडा नं ८ का अध्यक्ष जितेन्द्र चौधरी वडा नं ९ का अध्यक्ष नवराज देवकोटा वडा नं ५ का अध्यक्ष निलहरि कोइराला वडा नं ७ का अध्यक्ष विस्णु उप्रेती वडा नं ६ का अध्यक्ष सहदेव केसी वडा नं १ का अध्यक्ष बलराम राउत लगायत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताको सहभागीता रहेको थियोे ।

