रौतहट,२१ बैशाख । नेपाल वन प्राविधिक संघ (NFA) मधेस प्रदेशको कार्यसमिति चयनका लागि बैशाख २० गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा बिन्देश्वर प्रसाद पटेल र सचिव (खुल्ला) पदमा अनिल कुमार महतो अत्यधिक मतका साथ विजयी भएका छन्।
निर्वाचनमा प्रदेशभरका वन प्राविधिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विजयी उम्मेदवार पटेल र महतोले संघलाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउने प्रतिबद्धता जनाएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि समर्थकहरूले दुवै उम्मेदवारलाई स्वागत तथा बधाई दिएका छन्। संघको नयाँ कार्यसमितिले मधेस प्रदेशमा वन व्यवस्थापन, प्राविधिक सेवा सुधार, र नीति निर्माणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

