बलेरी,२० बैशाख । रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बलेरी गाउँमा शनिबार बिहान आगलागी भएको छ। स्थानीय छोटेलाल पटेलको घरमा अचानक आगो सल्किँदा झण्डै ३० हजार रुपैयाँ बराबरको क्षति भएको हो।
पटेलको घरको माथिबाट गएको विद्युत् लाइन शर्ट भएर आगो लागेको स्थानीयले बताएका छन्। बिहान करिब ९:३० बजेको समयमा सुरु भएको आगलागी स्थानीयको सक्रियतामा नियन्त्रणमा ल्याइएको थियो।
पीडित पटेलका अनुसार आगलागीमा साढे १६ हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ भने लत्ता–कपडा र अन्य सामग्री गरी झण्डै ३० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। उनले भने, “ स्थानीयको सहयोग र प्रयासमा आगो निभायौं, धन्न खाद्य सामग्री जोगियो।
घटना जानकारी पाएलगत्तै स्थानीय जनप्रतिनिधि घटनास्थलमा पुगेको थियो। यद्यपि यस घटनाले विद्युत् सुरक्षामा अझ सतर्कता अपनाउनुपर्ने देखिएको छ।

