पार्टीको विश्वास जित्दै श्याम हरी चौलागाईं काँग्रेस रौतहटको विद्यार्थी विभागको संयोजकमा नियुक्त

रौतहट,७ बैशाख । नेपाली कांग्रेस रौतहटले विद्यार्थी विभागको संयोजकको जिम्मेवारी श्याम हरी चौलागाईंलाई दिएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) रौतहटका पूर्वअध्यक्ष समेत रहेका चौलागाईंलाई जिल्ला सभापति जितेन्द्र यादव सुनिलले आइतबार औपचारिक रूपमा मनोनयन गरेका हुन्।

विद्यार्थी राजनीतिबाट स्थापित हुँदै आएका चौलागाईं कांग्रेसको जिल्ला कार्यसमिति सदस्यसमेत हुन्। प्रखर वक्ता तथा संगठनमा सक्रिय नेताका रूपमा चिनिने चौलागाईंलाई विद्यार्थी विभागको नेतृत्व दिइएपछि पार्टीभित्र र सामाजिक सञ्जालमा उनलाई बधाई दिनेहरूको ओइरो लागेको छ।

पार्टीले नेविसंघको संगठन विस्तारसँगै जिल्लामा विद्यार्थी आन्दोलनलाई थप बलियो बनाउन चौलागाईंको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरेको छ। यसअघि नेपाली कांग्रेसले किसान, खेलकुद, कलाकार लगायतका विभिन्न भातृ तथा सान्दर्भिक संघसंस्थाहरूमा पनि नयाँ नेतृत्व चयन गरिसकेको छ।

ताजा समाचार

Related Articles