वृन्दावनको बैराठपुर टोलमा नाला निर्माण कार्यको शिलान्यास

वृन्दावन, ७ बैशाख । वृन्दावन नगरपालिका वडा नं. १ अन्तर्गत बैराठपुर टोलमा नाला निर्माण कार्यको शिलान्यास गरिएको छ। कुल २३९ मिटर लम्बाइको नाला निर्माणको शिलान्यास नगरप्रमुख विनोदप्रसाद कुर्मीले एक विशेष कार्यक्रमका बीच आज सम्पन्न गरेका हुन्।
शिलान्यास कार्यक्रममा स्थानीय भद्रभलाद्मी, समाजसेवी, युवाहरु तथा टोलवासीको उत्साहजनक उपस्थिति देखिएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख कुर्मीले नगरपालिकाको स्वच्छता, वातावरण संरक्षण र जनस्वास्थ्य सुधारको लागि नाला निर्माण अत्यन्त जरुरी रहेको बताउँदै विकास निर्माणका काममा जनताको सहभागिता र साथ आवश्यक रहेको धारणा राखेका थिए।
स्थानीय बासिन्दाले बर्षौंदेखि पानी जम्ने समस्या, दुर्गन्ध र रोगको जोखिम खेप्दै आएको बताउँदै यो नाला निर्माणले समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
नगरप्रमुख कुर्मीले समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न निर्माण समित र सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् ।

ताजा समाचार

Related Articles