नगरप्रमुख कुर्मीद्वारा वृन्दावन–१ बलेरीमा नाला तथा सडक शिलान्यास

बलेरी,२४ चैत । वृन्दावन नगरपालिका–१ स्थित बलेरीमा नाला तथा सडक निर्माणको शिलान्यास गरिएको छ। वृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोदप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममार्फत १२० मिटर लामो नाला निर्माणको औपचारिक सुरुवात गरिएको हो ।

स्थानीय तहमा बढ्दो जनसंख्या र पानी निकासको समस्या समाधान गर्न नाला निर्माण कार्य थालिएको नगरपालिकाको कार्यालयले जनाएको छ।  नगरप्रमुख कुर्मीले विकास निर्माणमा जनसहभागिता आवश्यक रहेको उल्लेख गर्दै, आगामी दिनमा वडा नं. १ लाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा वडा सदस्य , स्थानीय समाजसेवी, सर्वसाधारण तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो। निर्माण कार्यलाई छिटो र गुणस्तरीय रूपमा अगाडि बढाउने तयारी गरिएको जनाइएको छ।

ताजा समाचार

Related Articles