वृन्दावन नगरपालिकामा विकास निर्माणको काम तिव्र, कहाँ कति भयो विकास ?

वृन्दावन, १७ चैत । रौतहटको वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोदप्रसाद कुर्मीको नेतृत्वमा पछिल्लो समय विकास निर्माणका कार्य तीव्र पारिएको छ । उनले आर्थिक वर्ष २०८०/८१ मा मात्रै वृन्दावन नगरपालिका वडा नम्बर १ मा ८ करोडभन्दा बढीको पूर्वाधार विकास निर्माण सम्पन्न गराएका छन्। चालु आर्थिक वर्ष २०८१/८२ मा पनि विकास निर्माणलाई निरन्तरता दिँदै विभिन्न योजनाहरू अघि बढाएका छन्।
यस वर्ष के के हुँदैछ काम ?
चालु आर्थिक वर्ष २०८१/८२ मा मुख्य सडकदेखि बुनिलाल राउतको घरसम्मको सडक ढलानका लागि ३२ लाख ३३ हजार ९९८ रुपैयाँ बजेट विनियोजन गरिएको छ। श्रीकृष्ण प्रणामी मन्दिरको प्लास्टर, रङ्गरोधन तथा भर्याङ निर्माणका लागि ११ लाख ३२ हजार ८०० रुपैयाँ छुट्याइएको छ। वृन्दावन प्राथमिक विद्यालयका लागि १६ लाख ६६ हजार ६६५ रुपैयाँ, बलेरीमा ढलान तथा नाला निर्माणका लागि १५ लाख ३१ हजार ४८० रुपैयाँ र चाँदी पुलदेखि अधुरो कालोपत्रे निर्माणका लागि टेन्डरमार्फत २० लाख ५२ हजार ६९१ रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यसैगरी, चाँदी पुलस्थित दुर्गा मन्दिर निर्माणका लागि २० लाख रुपैयाँ, चाँदी पुल स्थित बाबा सिदेश्वरनाथ मन्दिरको कम्पाउन्ड वाल निर्माणका लागि १५ लाख रुपैयाँ, बैराठपुरमा नाला निर्माणका लागि २० लाख रुपैयाँ, बलेरीको तामाङ बस्तीमा अधुरो गुम्बा निर्माणका लागि ७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । नेपालमा विमिमा भवन फिनिसिङका लागि ३५ लाख २ हजार ७७६ रुपैयाँ, वडा नम्बर २ मा खानेपानी टंकी निर्माणका लागि १५ लाख रुपैयाँ र शिव मन्दिर निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गत आर्थिक वर्षमा सम्पन्न भएको कामहरू
आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न प्रमुख विकास योजनाहरू अन्तर्गत वृन्दावन प्राथमिक विद्यालयमा भवन निर्माणका लागि २० लाख, बलेरीको ब्रह्म बाबा मन्दिर निर्माणका लागि ६ लाख ५० हजार, विश्रामपुर बलेरी जोड्ने मुख्य सडक कालोपत्रे गर्न ५८ लाख, चाँदी पुलमा टावर लाइट निर्माणका लागि १० लाख, बलेरीमै भित्री सडक ढलानका लागि १६ लाख ५० हजार र नाला निर्माणका लागि १ लाख ५० हजार बजेट विनियोजन गरी काम सम्पन्न भएको छ। बलेरीमै प्रणामी मन्दिरको दोस्रो तला निर्माणका लागि १४ लाख ५० हजार, तामाङ बस्तीमा गुम्बाको फाउन्डेसन निर्माणका लागि २ लाख २० हजार, बलेरीदेखि पौराइ सडक ग्राभेल गर्न ४६ लाख, प्रतिक्षालय निर्माणका लागि ५ लाख ५० हजार, तमाङ बस्तीमै खेलमैदान कम्पाउन्ड वाल निर्माणका लागि ६ लाख ५० हजार र चिरान टोलमा सडक ढलानका लागि १० लाख रुपैयाँ खर्च गरिएको छ।
यसैगरी, वडा नम्बर १ को वडा कार्यालय कम्पाउन्ड वाल निर्माणका लागि १८ लाख, रमौली टोलमा सडक ढलानका लागि १८ लाख, बैराठपुर सडक ढलानका लागि १६ लाख ५० हजार, बैराठपुर हनुमान प्रावि विद्यालय फिनिसिङका लागि ५० लाख, रमौली आधारभूत विद्यालय सुधारका लागि ४५ लाख, वृन्दावन वडा नम्बर १ को स्वास्थ्य चौकी निर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरी काम सम्पन्न गरिएको थियो।

यता वडा नम्बर २ मा सडक, ढलान, नाला तथा ग्रेवलका लागि ८ करोड, वडा कार्यालय कम्पाउन्ड वाल निर्माणका लागि ६५ लाख, चाँदी पुल दुर्गा मेला आयोजनाका लागि ५ लाख, विष्णु महायज्ञका लागि ५ लाख, वडा नम्बर ३ को स्वास्थ्य चौकी निर्माणका लागि १६ लाख, नगरस्तरीय बजेटबाट पूर्वाधार निर्माणका लागि २५ लाख, वडा नम्बर ३ मा पूर्वाधार सुधारका लागि ५० लाख, नगरपालिकाको भवन व्यवस्थित बनाउन ७९ लाख, नगरपालिका परिसरमा टावर लाइट जडान गर्न १० लाख रुपैयाँ विनियोजन गरी काम सम्पन्न गरिएको छ ।

बैराठपुरमा प्रतिक्षालय रंगरोधन तथा विद्युत पोलमा बत्ती जडान गर्न ९८ हजार, रमौली तथा धनगढी खानेपानी उपभोक्ता समितिको विद्युत महसुल तिर्न रमौलीका लागि १ लाख ३२ हजार र धनगढीका लागि ७५ हजार, बलेरीमा चिल्ड्रेन पार्क निर्माणका लागि २५ लाख तथा बलेरीमै प्रतिक्षालय निर्माणका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ।
नगरप्रमुख विनोदप्रसाद कुर्मीले वृन्दावन नगरपालिकामा विकास निर्माणलाई तीव्र पार्दै लगिएको बताएका छन् ।
नगर प्रमुख कुर्मीले तराई पोष्ट सँग भने,प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलको सहयोगमा यी सबै विकास निर्माणको काम सम्भव भएको छ र आगामी दिनमा पनि वृन्दावनमा विकास निर्माणका कामलाई अझ तीव्र पार्ने बताए ।
स्थानीय बासिन्दाले पनि नगरपालिकाको विकास कार्यलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । नगरपालिकाले आगामी दिनमा अझ बढी योजना तथा पूर्वाधार विकासमा जोड दिने जनाएको छ। अन्य वडाका डाटाहरू अब प्रकाशित हुने समाचारमा समावेश गरिनेछ।

ताजा समाचार

Related Articles